काठमाडौं। सर्वोच्च अदालतले डा.गुणाकर भट्टलाई गभर्नर बनाउन माग गर्दै दायर गरेको रिट हेर्न नभ्याउनेमा परेको छ ।
गभर्नर छनोटको प्रक्रिया नै सुरु नभई हल्लाको भरमा गभर्नर बनाउन लागेको भन्दै दायर गरेको रिट सर्वोच्चले प्राथमिकतामा नराखेको हो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासको ४० औँ नम्बरमा पेसी चढेको सो मुद्दा आज हेर्न नभ्याइनेमा राखिएको हो ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार सर्वोच्चमा दायर पूरक निवेदनको पेसी आइतबारका लागि तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया