याक र चौँरी नेपालको पहिचान र गौरव हुन् : कृषिमन्त्री अधिकारी

लोकपथ
147
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रवर्द्धनमा संगठित प्रयास गर्नुपर्ने बताएका छन् । 

याक दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताए । उनले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चौँरी  पालन भएको बताए । 

चौँरी को दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उनको भनाइ छ । याक र चौँरी पर्यटन प्रवर्द्धनको समेत आकर्षण केन्द्र भएको बताए ।

उनले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरू विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । चौँरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्त्वपूर्ण योगदान गरेको भन्दै याक र चौँरी नेपालको पहिचान, गौरव र धरोहर भएको उनको भनाइ छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?