राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबार भित्रैबाट पक्राउ 

लोकपथ
2.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबारभित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो ज्ञानेन्द्र शाहीसमेतलाई पक्राउ गरेको हो । 

सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  त्यसअघि उनीहरू राप्रपा संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । लिङ्देनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका थिए । 

उनीहरूलाई भ्यानमा हालेर प्रहरीले सिंहदरबारमै राखेको छ ।  

वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?