पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन बन्देज छैन : प्रचण्ड

लोकपथ
287
Shares
फाइल तस्बिर

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पूर्व राष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन् ।  । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्व राष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तर्राष्ट्रिय परम्पराले पनि नरोक्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबिच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबिच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?