राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

उनीहरूले गत वर्षको चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजा आउँ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, लगायत सरकार विरोधी नाराहरू लगाएका छन् ।पार्टीका नेताहरूलाई रिहाइ नगरेको भन्दै राप्रपाले आज निषेधित क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेबमोजिम माइतीघर क्षेत्रबाट निषेधित क्षेत्रमा प्रवेश गरी आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया