राप्रपा नेताहरु सिंहदरबारमा अनौपचारिक बैठकमा, बैठकपछि सिधै आन्दोलनमा सहभागी हुने

लोकपथ
2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले राप्रपा नेताहरुको बैठक बसिरहेको छ । सो बैठकपछि राप्रपा नेताहरु सिधै आन्दोलनमा सरिक हुने भएका छन् । 

राप्रपाले राजसंस्था पुनस्र्थापनाको मागसहित आज आइतबार बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दैछ । प्रदर्शनअघि राप्रपाले आन्दोलनको केही रणनीति परिवर्तन गरेको छ । यसअघि बालुवाटार, भद्रकाली र बिजुलीबजारबाट र्‍याली निकाल्ने भनिएकोमा अब बिजुलीबजारबाट मात्रै निकालिने भएको छ । 

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुलीबजारमा भेला हुन थालेका छन् । त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व सम्हाल्नेछन् ।

र्‍यालीले बिजुलीबजारबाट नयाँबानेश्वरतिर आएपछि निषेधित क्षेत्र तोड्ने भएको छ । 

यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?