दिल्लीमा भारी वर्षाले भवन भत्किदा मृत्यु हुनेको संख्या ११ पुग्यो

लोकपथ
539
Shares

काठमाडौं । भारतको राजधानी क्षेत्र दिल्लीमा शनिबार एक चार तले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

उत्तर पूर्वी दिल्ली जिल्लाको मुस्तफावाद क्षेत्रमा शनिबार बिहान भवन भत्किँदा ११ जनाले ज्यान गुमाएका हुन् । 

सञ्चार माध्यमका अनुसार भवन भित्र त्यस समयमा सुतिरहेका २२ जना मानिस फसेको बताएका छन् । दिल्ली महानगरपालिकाका अधिकारीहरूले स्थानीय मिडियालाई भवन लगभग २० वर्ष पुरानो भएको बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?