आईपीएलमा आज पनि दुई खेल हुँदै

लोकपथ
287
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज आइतबार दुई रोमाञ्चक खेलहरू हुँदैछन् । पहिलो खेल दिउँसो पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुनेछ भने दोस्रो खेलमा साँझ मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो पौने ४ बजेदेखि चण्डीगढको मुल्लानपुर क्रिकेट रंगशालामा पञ्जाब र बेंगलुरुबीचको खेल सुरु हुनेछ । दुई टोली ४८ घण्टाभित्र दोस्रोपटक भिड्न लागेका हुन्। शुक्रबार बेंगलुरुको मैदानमा भएको अघिल्लो खेलमा पञ्जाबले ५ विकेटको जित हात पारेको थियो ।

हालसम्म पञ्जाबले ७ खेलमा १० अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ भने बेंगलुरुले समान खेलमा ८ अंकसहित पाँचौं स्थानमा छ।

त्यस्तै, साँझ पौने ८ बजे मुम्बईको वाङ्खडे स्टेडियममा अर्को चर्को प्रतिस्पर्धा हुनेछ । मुम्बईले ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा रहेको छ भने चेन्नई ४ अंकसहित १०औँ स्थानमा छ।

पहिलो भेटमा चेन्नईले आफ्नै मैदानमा मुम्बईलाई ४ विकेटले हराएको थियो । त्यसयता चेन्नईले पाँच खेलमा हार व्यहोरे पनि पछिल्लो खेलमा लखनउलाई हराउँदै आत्मविश्वास पुनः प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?