नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

लोकपथ
119
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्ने बताएका छन् । 

शनिबारबाट सुरु भएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

उनले नेपालको परिचय, नेपालीको परिचय, नेपाली खानपानको परिचय, परिकारको परिचयका माध्यमबाट नेपालको राष्ट्रियताको परिचयलाई व्यापक बनाउने र नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

यो पेसा र व्यवसायलाई होटेल र कृषिसँग जोड्न आवश्यक रहेको भन्दै अर्गानिक बाली र उत्पादनसँग जोड्नसके नेपाली परिकारहरूको महत्त्व अझै बढ्ने जिकिर गरे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?