काठमाडौं । नेपाल बार एशोसिएसनका नवनियुक्त अध्यक्ष विजय मिश्रले नेपाल बार एशोसिएसनसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल बार एशोसिएशनको वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले बार एशोसिएसनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने नैतिक पुँजी रहेको बताए । उनले अहिलेको बार एशोसिएशनसँग २०६२ /०६३ सालको कार्यसमितिको जस्तो अपेक्षा नगर्न पनि आग्रह गरे । उनले अहिलेको परिस्थिति भिन्न रहेकाले भिन्नै तवरबाट समस्याहरूको समाधान हुनुपर्ने बताए ।
उनले आफूहरूले अध्ययन, तालिम, बार एशोसिएसनको भवन निर्माण, सजावट अनि वकिलहरूको क्षमता वृद्धिको लागि काम गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष मिश्रले वकिलसँग काम लिएर आउनेहरूलाई तुरुन्तै सेवा प्रदान गर्नुपर्ने बताए । बार एशोसिएशनको नयाँ कार्यसमितिले आज पदभार समेत ग्रहण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया