‘शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम’

लोकपथ
77
Shares

काठमाडौं । बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम भएको बताएका छन् । 

नेपाल औषधि व्यवसायी संघ ललितपुर शाखाको चौथो तथा पाँचौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक कानुन बनाएर नदिँदा जनतासामु प्रदेश सरकारको उपस्थिति कमजोर देखिएको बताए । उनले संघ सरकारले ऐन नबाएसम्म प्रदेशहरूले ऐन बनाएर कार्यान्वयन गर्न अवस्था नरहेको समेत स्पष्ट पारे । 

प्रदेश सभा सदस्य चित्रकारले विभिन्न पेसामा देखिएका समस्याहरूलाई समाधान गर्नको लागि प्रभावकारी ढंगले काम गर्नुपर्ने बताए । उनले एकले अर्कोलाई आलोचना गरेर भन्दा समन्वय गरेर समस्याको पहिचान गरी समाधानमा लाग्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको लागत मूल्य घटाउनको लागि लागि परेको बताए । उनले कुनै कुनै औषधिमा खुद्रा विक्रेताले १५० प्रतिशतसम्म मार्क अप लिएको बताउँदै यो उचित नभएको जिकिर गरे । 

महानिर्देशक ढकालले सुधारात्मक कुरामा सहयोग आवश्यक भएको भन्दै यो व्यक्तिको नभई सबैको फाइदाको लागि कुरा उठाइएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?