सरकारसँग वार्तापछि शिक्षक महासंघले बोलायो बैठक

लोकपथ
3k
Shares

काठमाडौं । राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ । सरकारसँग वार्तापछि महासंघले आज दिउँसो ३ः१५ मा रत्नराज्य मा वि बानेश्वरमा बैठक बोलाएको हो  ।

बैठकमा राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ ।

महासंघको नेतृत्वमा २० चैतदेखि काठमाडौंमा शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?