गुणाकर भट्टको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

लोकपथ
2.6k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको रस्साकस्सीमा रहेका डा. गुणाकर भट्टको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक समेत रहेका भट्ट नेपाली कांग्रेसको कोटाबाट गभर्नर बनाउने सरकारको तयारी रहेको छ । तर गभर्नर बन्न योग्यता नपुग्ने भन्दै शुक्रबार अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

भट्टले गभर्नर बन्नकै लागि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट आजै राजीनामा समेत दिएका थिए । तर कार्यमुकायम गभर्नर समेत रहेकी डेपुटी गभर्नर निमल ढुंगाना तिम्सिनाले उनको राजीनामा भने स्वीकृत गरेकी छैनन् ।

राष्ट्र बैंकको ऐन विपरित दलहरुबीचको सहमतिका आधारमा गभर्नर नियुक्त गर्न लागिएको भन्दै त्यसलाई रोक्नुपर्ने रिट निवेदकहरुको दाबी रहेको छ ।

उक्त रिटमाथि आइतबार सुनुवाइ हुने गरी पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?