काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आन्दोलनरत शिक्षकका प्रतिनिधिबिच वार्ता हुने भएको छ ।
आज साँझ आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुलाई वार्ताका लागि प्रधानमन्त्री ओलीले बोलाएका हुन् ।
शिक्षा ऐन जारीको माग राख्दै आज १७ औँ दिनमा समेत शिक्षकहरुले आन्दोलन गरिरहेका छन् ।
प्रधानमन्त्रीसँग वार्ताका लागि शिक्षक महासंघको टोली बस्नेछ । त्यसअघि प्रधानमन्त्री ओली समक्ष राख्ने विषयहरुका बारेमा छलफलका लागि अहिले शिक्षक महासंघसहित प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।
शिक्षकहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने अडान राखेपछि प्रधानमन्त्री ओलीले वार्ताका लागि बोलाएका हुन् । त्यसो त यसअघि पनि शिक्षा मन्त्री लगायतसँग शिक्षक महासंघको टोलीसँग छलफल गरेको थियो । तर यसअघि पनि वार्ता गरिएको र सहमतिका विषयहरु कार्यान्वयन नभएको भन्दै शिक्षकहरुले आन्दोलनलाई जारी राखेका थिए ।
प्रधानमन्त्री ओली र शिक्षक महासंघका प्रतिनिधिबिच आज साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया