प्रचण्ड बुद्धले बाल्यकाल र युवावस्था बिताएको तिलौराकोट पुग्दा

लोकपथ
189
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरेका छन् ।

शुक्रबार प्रचण्डले उक्त क्षेत्रको संरक्षण र समृद्धि गर्दै पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गरिएको जानकारी दिँदै भने, ‘हामीले तराईका हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूको अध्ययन र विश्लेषण गरिरहेका छौं ।’

उनले तिलौराकोटलाई ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थलको रूपमा चिनाउँदै बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको यो क्षेत्रको प्रचारप्रसार र विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखे ।

ऐतिहासिक प्रमाणअनुसार, तिलौराकोट बुद्धको बाल्यकालको घर हो, जहाँबाट उनी तपस्याको बाटोमा निस्किएर बुद्धत्व प्राप्त गर्न अघि बढेका थिए । लुम्बिनीमा जन्मिए पनि बुद्धको बाल्यकाल र युवावस्था यही तिलौराकोटमा बितेको इतिहासकारहरू बताउँछन् ।

अध्यक्ष प्रचण्डको यो अवलोकनले तिलौराकोट क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रको रूपमा विकास गर्न थप बहस र पहलको आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?