लिमठाना–अर्चले–भँगरा सडक कालोपत्रे गरिँदै

लोकपथ
287
Shares
फाइल तस्बिर

पर्वत  ।  लिमिठाना–अर्चले–भँगरा सडक  चार करोड ६२ लाखको लागतमा कालोपत्रे गर्न थालिएको छ । 

गत सोमबारदेखि प्रारम्भ भएको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको फलेवास नगरपालिका–७ का अध्यक्ष केशर पन्तले जानकारी दिए।

यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडाका साथै राष्ट्रिय राजमार्गसँग जोड्ने छ । पहिलो चरणमा एक किलोमिटर कालोपत्रे हुने उनले बताए। 

यो सडक खण्डअन्तर्गत लमायखोलादेखि लिमिठानासम्मको खण्ड यसअघि नै कालोपत्रे भइसकेको छ । पूर्वाधार विकास कार्यालय र फलेवास नगरपालिकाको साझेदारीमा यसअघिकै पाँच किलोमिटर सडक कालोपत्रे भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?