झापामा ९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

लोकपथ
49
Shares

झापा ।  झापा जिल्लाको चालु आर्थिक वर्ष को ९ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ  १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख खर्च भएको छ । ‘चालुतर्फ विनियोजित १६ अर्ब १४ करोड ६८ लाखमध्य  ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ, ‘उनले भने । 

समग्रमा जिल्लाको  १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व संकलन भएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?