कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार

लोकपथ
3.7k
Shares

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी बिहीबार राति उनकै घरमा गोली प्रहार गरिएको छ । 

शौचालय गएर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको हो । उनी सकुशल छन् । घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले अध्यक्ष चौधरी सकुशल रहेको र उनलाई गोली नलागेको बताए । 

उनी कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित घरमा बस्ने गर्छन् । शुद्धोधनको अध्यक्ष भए पनि अध्यक्ष चौधरी मायादेवीस्थित घरमा बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?