धनगढी । डोटीमा जंगली जनावरको सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो बडिकेदार गाउँपालिका–१ को बर्छेन जंगलमा सिकार खेल्न गएका सोही गाउँपालिका–२ बस्ने २४ वर्षीय नरेश सार्कीको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो ।
बडिकेदार गाउँपालिका–१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किँदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको थियो ।
डोटीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विनोद शर्माले दायाँ छातीमा गोली लागेका सार्कीको घटनास्थलमै मृत्यु भएको बताए । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बन्दुक बोक्ने ४८ वर्षीय कमलसिंह खड्का, २६ वर्षीय खेम खड्का, ५२ वर्षीय तारासिंह खड्का, ३९ वर्षीय तेजेन्द्र भाट, ४० वर्षीय अमर शाह, ३१ वर्षीय चक्र भाट, १८ वर्षीय सुनिल बम, ३७ वर्षीय गणेशबहादुर घर्ती मगर, ७१ वर्षीय मानबहादुर शाह र २६ वर्षीय जुलेश नामजाली मगर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया