काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवापुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउनु आजको प्रमुख चुनौती भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यान भासभित्र’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले युवा पिढीलाई काम गर्ने वातावरण मिलाएर नेपालमै बसाल्नु ठूलो चुनौती र आवश्यकता भएको बताए । आफूले २६ सय बढी युवाहरूलाई सीटीइभीटीबाट सीप सिकाइ दक्ष बनाउन काम अगाडी बढाएको दाबी गरे । उनले नेपालमा बसेर धेरै काम गर्न सकिने धारणा व्यक्त गरे ।
उनले भने, ‘प्रदेशले स्किल म्यानपावर डेभलप गर्नको लागि सीटीइभीटीको कन्सेप्टबाट २६ सय बढीलाई स्किल डेभलपको लागि काम अघि बढेको छ । त्यसले भोलिका दिनमा सीटीइभीटीबाट स्किल म्यानपावर डेभलप गरेर यहीँ काम गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता गरेको छु । अब नेपालमा बसेर धेरै काम गर्न सकिन्छ । धेरै आयआर्जन सकिन्छ । व्यवसाय गर्न सकिन्छ । अहिलेको इन्टरनेटको जमाना छ । युवा पिढीलाई नेपालमै आय आर्जन गर्नको लागि व्यवस्था मिलाउनु चुनौती छ ।’
मुख्यमन्त्री लामाले प्रदेश सरकार धेरै खर्चिलो भन्दै भाष्यहरू निर्माण भएको बताउँदै प्रदेश सरकारले खर्च नबढाएको दाबी गरे । उनले प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सडक र पूर्वाधार क्षेत्रमा प्रगति हासिल गरेको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया