६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

लोकपथ
511
Shares

काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयको आज बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा डीआईजीहरू चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी रहेका छन्  ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?