काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसेको छ ।
बनस्थलीस्थित पार्टी कार्यालयमा केहीबेरअघि सुरु भएको बैठक अहिले पनि जारी रहेको छ ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा बसेको बैठकमा केन्द्रीय कमिटीका सबैजसो नेताहरु उपस्थित रहेका छन् । तर पार्टी सहमहामन्त्री सुमना श्रेष्ठ भने उक्त बैठकमा उपस्थित छैनन् ।
आजको बैठकमा सुमनाले पार्टीको सहमहामन्त्री पदबाट दिएको राजीनामाको विषयमा छलफल हुने बताइएको थियो । तर सुमना भने उक्त बैठकमा नै उपस्थित नभएपछि त्यसलाई चासोका साथ हेरिएको छ ।

एक व्यक्ति एक पदको धारणा अनुसार उनले पार्टी कमिटीबाट राजीनामा दिने र विधायिकी भूमिका मात्रै रहने बताएकी थिइन् । तर आजै राजीनामा स्वीकृत गर्ने भनिएकोमा सुमना उपस्थित नभएकी हुन् ।
यो पनि…
राजनीतिमा ‘एक व्यक्ति एक पद’ का लागि सुमनाको त्यो प्रयास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया