वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलले काम थालिसक्यो : मन्त्री भण्डारी 

लोकपथ
294
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम सुरु गरेको बताएका छन् । 

बिहीबार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसद्को आउँदो अधिवेशनबाट पास गर्ने गरी ऐन संशोधनको काम थालनी भएको बताएका हुन् । 

उनले वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरू रहेको कारण समयसापेक्ष सुधार गर्नको लागि ऐन संशोधन गर्न थालिएको बताए । आजबाट नै वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल सुरु गरेको बताए । 

वैदेशिक रोजगार व्यवसायीहरूले पनि इमान्दार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह छ । वैदेशिक रोजगार व्यवसायी संघ सरकारको अंग भएको उल्लेख गर्दै उनले सरकारले व्यवसाय गर्ने नभई सहजीकरण गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारमा जाने नागरिकले व्यवसायीका कारण समेत दुःख पाइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताए । 

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने कुरामा समेत आवश्यक कामहरू भइरहेको मन्त्री भण्डारीको दाबी छ । उनले संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?