काठमाडौं । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार उत्तरी पश्चिम किनारको कबातिया सहरमा इजरायली सेनाद्वारा दुई प्यालेस्टिनी पुरुषको गोली हानी हत्या गरिएको जनाएको छ ।
मृत्यु हुनेमा २३ वर्षीय मुहम्मद ओमर मुहम्मद जकार्नेह र १९ वर्षीय यासेर रतेब खुजैमिया रहेका छन् ।
प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाकाअनुसार इजरायली सेनाले बुधबार बिहान खानी क्षेत्रमा रहेको गुफालाई घेरेर आक्रमण गरेको थियो । विज्ञप्तिअनुसार मुठभेडमा दुई लडाकू मारिएका थिए । उनीहरूको शरीरबाट हतियार बरामद गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया