काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताएका छन् ।
हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटि गर्ने पक्षमा आफू नरहेको बताए ।
जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ । उनले भ्रष्टाचारी र भूमाफियाहरुविरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर गरे । उनले भ्रष्टाचार विरुद्धको अभियान छोडेको र केही भ्रष्टाचारीहरूको संरक्षण गरेको भए कांग्रेस र एमालेको समर्थन पाइराख्ने दाबी गरे ।
उनले माओवादी केन्द्रले व्यवस्थाको लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महसुस भएको समेत बताए । उनले अभियानका क्रममा आफूहरूले विगतमा बाटो बिराएको र अहिले ठिक बाटोमा हिँडिरहेको रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया