किन सरे उपेन्द्र यादव सप्तरी ?

काठमाडौँ, १९ कात्तिक- संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमका अध्यक्षका हैसियतले लडे । यसपालि संघीय समाजवादी फोरमका नाममा भिड्दै छन् । पहिला मोरङ र सुनसरीबाट प्रतिस्पर्धा गरेका उनी यसपालि सप्तरी आइपुगेका छन् । भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका यादवको आगमनले सप्तरी २ मा चुनावी माहोल तताएको छ । राष्ट्रिय व्यक्तित्व बनेका उनीसँग प्रतिस्पर्धा गर्न अन्य दल र उम्मेदवारले पनि गहन गृहकार्य गरिरहेका छन् । यसले चुनावी माहोल थप रोमाञ्चक बनेको छ । जिल्लाका अन्य क्षेत्रमा भन्दा यसमा बढ्ता ‘चुनाव लागेको’ झल्को मिल्छ फोरम अध्यक्ष यादवले सुनसरी र मोरङमा आफ्नो अवस्था राम्रो हुँदाहुँदै सप्तरी आउनुको मुख्य कारण ‘भेदभावविरुद्धको लडाइँ’ भएको बताए । आफ्नो जन्मभूमि सधैं पछि परेको पीडा साम्य पार्न आफूले सप्तरी २ रोजेको उनको दाबी छ, कान्तिपुरमा खबर छ ‘आधुनिक नेपाल निर्माण हुँदादेखि नै राज्यको उपेक्षाको सिकार बन्यो सप्तरी । सुगम र उर्वर भूमि हुँदाहँ‘दै यसलाई पछि पारियो,’ उनले भने, ‘यसको मानव विकास सूचकांक कर्णालीकै हाराहारी छ । त्यसलाई प्रस्ट दृष्टिकोणसहित अघि लैजान मेरो पहल हुनेछ ।’ उनले हुलाकी राजमार्गको उदाहरण दिँदै भने, ‘जंगलबाट महेन्द्र राजमार्ग बनाइयो, मानव बस्तीको हुलाकी राजमार्गलाई पन्छाइयो । मधेसप्रति राज्यको भेदभाव हट्नुपर्छ ।’ यिनै मुद्दा लिएर आफूले चुनाव जित्ने उनको दाबी छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?