काठमाडौं । माओवादी केन्द्रको जागरण अभियान अन्तर्गत रुपन्देही आइपुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान भैरहवामा मर्निङ वाकमा निस्किएका छन् । प्रचण्डसहितको टोली हिजो नवलपरासी हुँदै भैरहवा आइपुगेको हो ।
बिहानको पैदल भ्रमणमा प्रचण्डसँगै पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन, पार्टी प्रवक्ता अग्नि सापकोटा लगायतका केन्द्रीय नेताहरू पनि सहभागी थिए।
पार्टी स्रोतका अनुसार प्रचण्ड नेतृत्वको टोली आज रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको छ। जागरण अभियान अन्तर्गत माओवादी केन्द्रका शीर्ष नेताहरू अहिले देशका विभिन्न स्थानमा सक्रिय छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया