चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा, दिउँसो कहाँ-कहाँ पर्ला पानी ?

लोकपथ
3.8k
Shares

काठमाडौं । हाल देशभर स्थानीय वायु प्रणालीको प्रभाव देखिएको छ भने भारतको उत्तर प्रदेश र बंगालको खाडी आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक असर परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ।

आजको लागि मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्ता मौसमी गतिविधिहरूले कृषि, स्वास्थ्य, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत असर पुर्‍याउन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?