विमानस्थलमा युवकमाथि हातपात गर्ने ३ प्रहरीमाथि कारबाही

लोकपथ
2.1k
Shares

काठमाडौं । गत चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपाल आएका एक युवकमाथि विमानस्थलको सुरक्षार्थ खटिएका तीन प्रहरी अधिकारीहरुले दुर्व्यवहार गरे ।

उनीमाथि लछारपछार गर्दै प्रहरीले जबरजस्ती गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि नै प्रश्न उठ्यो । प्रहरीहरुले ती युवकको हात पछाडी लगेर अपराधीलाई झैँ व्यवहार गरिरहेका थिए ।

ती युवकमाथि अभद्र व्यवहार र हातपात गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान अघि बढाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट तत्काल हटाइ अनुसन्धान भइरहेको जानकारी दिए ।

‘सो कार्यमा संलग्न देखिएका ३ जना प्रहरी कर्मचारीहरुलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइ यस काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्ति जारी गर्दै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?