कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना 

लोकपथ
56
Shares

काठमाडौं ।  कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत ग्राहकले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रुपैयाँको मोबाइल रिचार्ज उपहार रहेको बैंकले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको ‘फोनपे डाइरेक्टर’ कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । 

बैंकका अनुसार यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आईफोन १६ को लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना विजेताहरूले १०० रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् ।

साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना विजेताले बम्पर उपहारमा नयाँ आईफोन १६ जित्ने अवसर पाउनेछन् । यो योजना वैशाख १ देखी ३१ गतेसम्म सञ्चालन हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?