प्रभु बैंक र गोरखा गार्डन होटलबिच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा छुट

लोकपथ
329
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रालिबिच  सम्झौता भएको छ । 

व्यावसायिक साझेदारीको लागि कर्मचारी तथा ग्राहकहरूलाई लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । 

उक्त सम्झौतामा गोरखा गार्डन होटल प्रालिका तर्फबाट अध्यक्ष सुरेन्द्र कुँवर, र प्रभु बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड–क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रालिमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो साझेदारीले गोरखाको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरू पनि लाभान्वित हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?