काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरु अहिले सरकार बदल्ने खेलमा नलागेको स्पष्ट पारेका छन् ।
पछिल्ला दिनहरुमा कांग्रेसबाटै सरकारमाथि दबाब सिर्जना भइरहेका बेला सरकार परिवर्तन हुने हो कि भन्ने आशंकाबीच थापाले सो कुरा बताएका हुन् ।
बुधबार बारा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री समेत रहेका थापाले अहिले आफूहरु सरकारको काम गराइबाट सन्तुष्ट नरहे पनि सरकार नै परिवर्तन होस् भन्ने चाहना नराखेको बताए ।
‘हामी अहिले सरकार परिवर्तन गर्न चाहिरहेका छैनौँ, हामी सरकारको काम गर्ने तरिका बदल्न चाहिरहेका छौँ,’ उनले भने ।
त्यस्तै देशमा गठबन्धन संस्कृति बनेपछि कांग्रेसले इमान्दारिताका साथ गठबन्धनमा आवद्ध दलको धर्म निभाएको समेत दाबी गरे । साथै आफूहरु अहिले पनि कांग्रेसको कारणले सरकारलाई अफ्ठ्यारो पर्ने स्थिति नहोस् भन्ने चाहिरहेको बताए । तर सरकारले ठिक ढंगले काम गर्न नसकेको बताउँदै काम गर्ने शैली बदलेर मात्रै जनतामा नयाँ आशा ल्याउन सकिने उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया