बाबुुरामलाई दबाबदिन गोरखामा रातिराति पार्टी प्रवेश

गोरखा , १८ कात्तिक । नयाँ शक्ति नेपाल परित्याग गरि ६० जना युवा रातारात नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई अस्थिर र उद्देश्यबिहिन भएको भन्दै गाउँ, नगर, र जिल्ला स्तरका युवाहरुले नयाँ शक्ति छाडेको बताएका छन । हामी बामपंथी हौ र सधै बामपंथी हुन चाहन्छौ तर भट्टराई ले कम्युनिष्ट सिद्धान्त मात्र छाड्नु भएन काग्रेस सङ्ग आत्मसमर्पण गर्नु भो त्यसैले नया शक्ति छाडेका हौ स् प्रबिण थापाले बताउनुभयो गोरखा जिल्ला क्षेत्र नम्बर दुई अन्तर्गतको गोरखा नगरपालिका वडा नम्बर १३ देउराली दराइगाउमा आज आयोजित चुनावी सभा कार्यक्रममा नयाँ शक्तिका युवा नेता प्रबिण थापाको नेतृत्वमा ६० जना युवाहरू आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन पार्टी प्रवेश गर्नु भएका युवाहरूलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर (२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ९प्रकाश० ले अबिरमाला लगाएर स्वागत गर्नुभएको थियो कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मंसिर १० को निर्वाचन ऐतिहासिक चुनाव भएको बताउदै श्रेष्ठले यो चुनावमा सहि निर्णय लिएर मतदान गर्न आम मतदातालाई अनुरोध गर्नुभयो बाम गठबन्धनको साझा उम्मेदवार श्रेष्ठले कम्युनिष्ट ९बामपंथी० ले जिते मात्र देशले निकास पाउने बताउनुभयो । पिछडिएका जनताको उत्थान र सामाजिक आर्थिक बिकासको निम्ति माओवादीलाई जिताउन अपिल गर्दै श्रेष्ठले सहिदका सपना पूरा गर्न गोरखाको इतिहास कायम राख्न बामपंथीले जित्नुको विकल्प नरहेको बताउनुभयो चुनावपछि यो देशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र भन्ने पार्टी नहुने बताउदै श्रेष्ठले अब एकीकृत कम्युनिष्ट पार्टी बन्ने प्रष्ट पार्नुभयो श्रेष्ठले गोरखा नगरपालिका (१३ मा रहेको गोरखकालि रबर उधोग संचालन गर्न पहल गर्ने र बेरोजगारी युवालाई रोजगारीको व्यवस्था गर्ने आश्वासन दिदै सुकुम्बासी समस्या समधानको लागि उपयुक्त कदम चालिने बताउनुभयो कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार कमला नहर्की, नेकपा एमाले गोरखाका पुर्व जिल्ला बाबुराम थापा, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थापा लगायतका ले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?