समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरू विकल्प छैन : अध्यक्ष दाहाल

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रूपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरू विकल्प नभएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले समाजवादको बाटोमा अघि बढ्न चीन सरकारले नेपालको सहयोग गर्ने विश्वास लिएको बताए ।  

उनले केही समयअघि मात्रै संघीय संसद्का दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानबिन आयोग सम्बन्धी कानुन सर्वसम्मत रूपमा पारित भएको बताए ।  

विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको अध्यक्ष दाहालको दाबी छ । 

नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भए पनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे ।  

नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन नसकेको बताए । नेपाल र चीनबिचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिबद्ध रहनुपर्ने बताए ।  

अध्यक्ष दाहालले नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरू समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहितको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?