काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संरचनाहरु निर्माणको क्रमदेखि नै वातावरणीय क्षति हुन नदिने र वातावरणमैत्री सवारी साधनहरूलाई प्रोत्साहन गरिने उल्लेख गरे ।
मन्त्री दाहालले यातायात र वातावरणको सवाल अहिले विश्वव्यापी चासो रहेको बताए । वातावरणमैत्री, दिगो, प्रविधिसम्पन्न, अपाङ्गमैत्री र प्रयोगकर्तामैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको उनको भनाइ छ ।
मन्त्री दाहालले सुरक्षित, बलियो र वातावरणमैत्री सडक पूर्वाधार निर्माण गर्नु, साथै शहरी तथा ग्रामीण क्षेत्रलाई जोड्ने सडक सञ्जाल विस्तार गर्नु र सार्वजनिक यातायात, सडक सुरक्षालगायतका क्षेत्रमा सुधार ल्याउन नीति र कानुनी संरचना लागू गर्नु अहिलेको आवश्यकता भएकाले सरकारले त्यसतर्फ समेत काम गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया