काठमाडौं । उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले उर्जा मन्त्रालयको सचिव सुरेश आचार्यमाथि अुनशासनको कारबाही गर्ने भन्दै स्पष्टीकरण सोधेका छन् ।
आफू प्रमुख अथिति रहेको कार्यक्रममा आशनग्रहण नगरेको भन्दै राज्यमन्त्री तामाङले अनुशासनको कारबाही गर्ने भन्दै स्पष्टीकरण सोधेका हुन् ।
गत चैत २५ गते जलस्रोत तथा सिँचाई विभाग जावलाखेलमा सिँचाइ दिवस एवं ७२औँ वार्षिकोत्सवको आयोजना गरिएको थियो । उर्जामन्त्री दीपक खड्का प्रमुख अथितिका रुपमा बोलाइए पनि उनी नजाँदा राज्यमन्त्री तामाङ नै प्रमुख अतिथि बनेका थिए ।
तर सो कार्यक्रममा पुगेका सचिव आचार्य आफू राज्यमन्त्री बसेको कार्यक्रममा नबस्ने भन्दै बाहिरिएको राज्यमन्त्री तामाङको आरोप रहेको छ ।
साथै सचिव आचार्यले आफ्नो पदीय मर्यादा विपरितको काम गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया