काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनमा भीडलाई उत्तेजित बनाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका–६ घर भएका ४६ वर्षीय मनोज सापकोटा रहेका छन् । सापकोटाले शंख फुक्दै भीडलाई उत्तेजित पारेको आरोप छ ।
उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया