१२ दिनपछि प्रधानमन्त्री ओलीले गरे त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालको राजीनामा स्वीकृत

लोकपथ
1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति केपी शर्मा ओलीले आज बिहीबार उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन् । 

राजीनामा बुझाएको १२ दिनपछि कुलपति ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् । 

बरालले स्वास्थ्यको कारण उल्लेख गर्दै चैत १५ मा कुलपति कार्यालयमा सचिवालयका कर्मचारीमार्फत राजीनामा पत्र दर्ता गराएका थिए ।

प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको उनी निकटस्थ प्राध्यापकको भनाइ छ । बरालले भने काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको जनाउँदै आएका छन् । उनले राजीनामा स्वीकृतपछि थप कुरा खुलाउने बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीका साथै सत्तारूढ एमाले र उसको भ्रातृ संगठनको हस्तक्षेप र असहयोगले उपकुलपति बराल राजीनामा गर्न बाध्य भएको जानकारहरूको भनाइ छ । 

बराल २०८० फागुन १० मा उपकुलपति नियुक्ति भएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्त गरेका हुन् । गत असारमा ओली प्रधानमन्त्री भएदेखि नै बरालसँगको सम्बन्ध चिसिएको टिप्पणी भइरहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?