अग्रिम जमानतको व्यवस्था गर्ने कानुन आगामी संसद् अधिवेशनमा पेस हुन्छ : मन्त्री चौरसिया

लोकपथ
70
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रदेश र स्थानीय तहलाई अधिकार दिन अब ढिलो गर्न नहुने बताएका छन् । 

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश र स्थानीय तह थप सशक्त बनाउनका लागि अधिकार दिने कुरामा कन्जुस्याँई गर्न नहुने उल्लेख गरे ।  

उनले संविधानको धारा ५७ ले राज्य शक्तिको बाँडफाँड सम्बन्धमा संघलाई ३५ वटा एकल अधिकार, प्रदेश र स्थानीय निकायलाई २१ र २२ वटा अधिकार दिएको बताए ।  

उक्त अधिकारअनुसार प्रदेश, स्थानीय तह र संघको अन्तरसम्बन्धको सवालमा कानुन मन्त्रालयले थप कानुन बनाउने काम र संघका अन्य मन्त्रालयहरुले पनि त्यस सम्बन्धी कानुन बनाउने काम र कानुन मन्त्रालयको सरसल्लाहले अझ राम्रो सशक्त कानुन बनाउने काममा अघि बढिरहेको बताए ।  

संविधानले अभिव्यक्ति स्वतन्त्रताको हक दिएको भए पनि पछिल्लो समय मिथ्या र व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता अभिव्यक्तिहरू दिने गरिएको बताए ।  यही सब गर्नको लागि नेपाली समाज दुनियाँको उत्कृष्ट समाज भनेर चिनिएको हो ? भन्दै उनले प्रश्न गरे । 

मन्त्री चौरसियाले अन्य मुलुकहरूमा झैँ नेपालमा पनि अग्रिम जमानतको व्यवस्था गर्ने कानुन आगामी संसद् अधिवेशनमा पेस हुने दाबी गरे ।  अब कुनै पनि व्यक्तिलाई प्रहरी प्रशासनले कुनै पनि बेला समातेको छ र केही दिनपछि उ निर्दोष भएको पाइए अग्रिम जमानत उपलब्ध गराउने बताए । उनले प्रदेश, संघ र स्थानीय निकायको अन्तरसम्बन्ध स्थापित हुने र एक अर्कालाई आवश्यक भएको कानुनहरू बनाउने अधिकार तीन तहकै लागि भएको बताए  । 

मन्त्री चौरसियाले सरकारले केही गरेन भन्ने भाष्य तीव्र गतिमा सम्प्रेषण गरिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?