काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुलनजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।
च्यामासिंहबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख २४४६ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
दुर्घटनामा सूर्यविनायक–८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक– ९ पलासेकी ५० वर्षीया कोपिला महत, काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरणदेवी बानियाँ घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको छ ।
प्रहरीले बस र चालक भक्तपुर नगरपालिका–७ इनाचो बस्ने ४२ वर्षीय रविन प्रजापतिलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया