काठमाडौं । बीपी राजमार्गअन्तर्गतको काभ्रेको रोशीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये सोलु लिखुपिके–३ निवासी ७३ वर्षीया सुन्तली विकको अवस्था गम्भीर रहेको छ ।
काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१– ००६ ख. १३३९ नम्बरको बस बिहान ८ः२५ बजे बीपी रोशी गाउँपालिका–९ दाउनेमा दुर्घटना भएको हो ।
वर्षाको कारण ब्रेक नलाग्दा अनियन्त्रित भएको उक्त बसले सुरुमा खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे.१ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिएको र त्यसपछि सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीको भनाइ छ । हाइसका यात्रु भने सकुशल छन् ।
बसको चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया