काठमाडौं । संघीय संसद्अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयकाअनुसार आज पूर्वाधार विकास समिति, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे बस्दै छ । बैठकमा चालु आर्थिक वर्ष ०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई बोलाइएको छ ।
त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजेको लागि बोलाइएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया