राजसंस्था नेपालीलाई एकताबद्ध गराउने संस्था भएको डा. लोहनीको दाबी

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन चुनौती रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

उनले विश्वको राजनीति निकै असन्तुलन गतिमा अगाडि बढेको बताए । उनले राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन र बिना कारण पक्राउ गरेर थुनेको आरोप लगाए । 

उनले राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्ने चेतावनी दिए । इतिहासमा रामले अनेकौँ उपाय अपनाउँदा पनि रावणले अत्याचार गर्न नछोडेपछि अन्तिममा हिंस्रक भएर अत्याचारको अन्त्य गरेको भन्दै पार्टीले सुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भएपनि सफल गराउने उनको भनाइ छ । उनले नेपालीहरूको मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था अपरिहार्य भएको दाबी गरे ।

नेता डा. लोहनीले नेपालको राजसंस्था नेपालीहरूलाई एकताबद्ध बनाउने संस्था भएकाले परम्परालाई जोगाउँदै संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?