काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ ।
बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मंगलबार राति ९ः०० बजे आगलागी भएको हो । बुधबार बिहान ३ः०० बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ ।
‘नर्सिङ होममा रहेका अन्य वृद्ध वृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ, ‘सरकारी समाचार एजेन्सीले जनाएको छ । सिन्ह्वाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाह दृष्टिकोणका कारण घातक आगलागीहरू तुलनात्मक रूपमा सामान्य छन् ।
जनवरीमा बेइजिङको उत्तर पश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु र १५ जना घाइते भएका थिए ।
त्यसभन्दा एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया