रसुवामा अघि बढ्यो लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धनमा भूइँचालो !

रसुवा, १८ कात्तिक— रसुवामा आगामी मंसिर १० गते हुन गइरहेको पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको माहोल ह्वात्तै बढेको छ उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बनाउन घरदैलो अभियानदेखि विभिन्न खालका प्रचारात्मक अभियान गरिरहेका छन् । रसुवामा एकातिर नयाँ शक्ति र नेपाली कांग्रेसको गठबन्धन रहेको छ भने अर्कातिर नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन रहेको छ यसैक्रममा दैनिकरुपमा पार्टी प्रवेशका कार्यक्रमपनि भइरहेका छन् । लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनबीच पार्टी प्रवेशको कार्यक्रम राख्ने होडबाजी भइरहेको भएपनि केहि हदसम्म लोकतान्त्रिक गठबन्धननै यो मामलामा अघि देखिएको छ । शनिबारमात्रै युवासंघ रसुवाका सहसचिव रमेश गुरुङसहित एमाले र माओवादी केन्द्र परित्याग गरेर झण्डै २०० युवा कांग्रेसमा प्रवेश गरेका छन् । एकैदिन यति धेरै युवाहरु कांग्रेसमा प्रवेश गरेपछि वामगठबन्धनलाई धक्का पुगेको विश्लेषण गरिएको छ रसुवामा लोकतान्त्रिक गठबन्धन बलियो बन्दै गएको स्थानीय स्तरमा चर्चा हुन थालेको छ । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभामा मोहन आचार्यको उम्मेदवारी रहेको छ । यस्तै वाम गठबन्धनबाट ठेकेदार समेत रहेका जनार्दन ढकाल चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?