गगन थापाले सुरु गरे चुनावी अभियान, जित्लान् त् चुनाव ?

काठमाडौँ, १८ कात्तिक – नेपाली काँग्रेसका नेता गगन थापाले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मूल मुद्दा बनाएर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएको बताएका छन् नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज चाबहिलमा आयोजना गरेको सभा अभियानको सुरुआत गर्दै उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क बनाउनुपर्ने बताए । बाम गठबन्धनका बीच पनि उनको पक्षमा जनमत व्यापक रहेको बताइन्छ “काठमाडौँ उपत्यकामा विद्युतीय सवारीको व्यवस्था नगरेसम्म स्वास्थ्यका दृष्टिले बस्न लायक हुँदैन उपत्यकाको मौलिक संस्कृति नाश भए शहर मृत बन्छ, यसैले सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको ध्यान जानुपर्ने उनले बताए गौशालास्थित माडवारी सेवा समिति र नक्सालको सत्यसाई केन्द्रमा नमूनाका रुपमा जनता स्वास्थ्य केन्द्र निर्माण भइरहेको पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले जानकारी दिए कार्यक्रममा क्षेत्र नं ४ अन्तर्गतको प्रदेशसभा १ र २ का काँग्रेस उम्मेदवारद्वय क्रमशः नरोत्तम वैद्य र सादुराम खड्का, समानुपातिककी उम्मेदवार राधा घले, महासमिति सदस्य दिव्यमणि राजभण्डारीलगायतले संविधानको कार्यान्वयनका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल पारिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?