अर्घाखाँची जिप दुर्घटना : २ को मृत्यु, २ घाइते

लोकपथ
329
Shares

काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिकामा आइतबार बिहान भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मालारानी गाउँपालिका–३ ढुंगाडेमा लु २ च २९९० नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खस्दा जिप चालक दिलीप खनाल र यात्रु बालकृष्ण रिजालको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बिहान पौने ४ बजे जिप अनियन्त्रित भई गहिरो खोंचमा खस्दा दुबै गम्भीर घाइते भएका थिए। उद्धार गरी सन्धिखर्क अस्पताल पुर्‍याइएकोमा बिहान ६ बजेतिर उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा परी सोही वडाका १७ वर्षीय भुवन पोखरेल र बसन्त पोखरेल घाइते भएका छन्। उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?