२०७८,श्रावण,८,शुक्रवार

सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेज तनावग्रस्त

२०७४,कार्तिक,१८,शनिवार १५:४०


 पोखरा, १८ कात्तिक – सकुशल शिशु जन्माएकी आमाको मृत्यु भएको विषयलाई लिएर आज दिनभर गण्डकी मेडिकल कलेज तनावपूर्ण रह्योे स्याङ्गजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्तले कलेज अगाडि नाराबाजी गरेका थिए । उनीहरुले कलेजको अगाडि टायर बाल्नाका साथै गेटमा तालाबन्दीसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ यही कात्तिक ११ गते अस्पताल भर्ना गरिएकामा सोही दिन शल्यक्रियाबाट उनले शिशु जन्माएकी र सोही दिनदेखि बेहोस भएर मृत्यु भएकी अर्यालको अवस्थाबारे अस्पताल पक्षले केही जानकारी नदिई शुक्रबार साँझ मात्रै मृत्यु भएको घोषणा गरेको थियो । आइतबार कलेज प्रशासन र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालयमा छलफल गरी समस्या समाधान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१८,शनिवार १५:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६