पार्टी एकता नभए राजीनामा

 धादिङ १८ कात्तिक – क्षेत्र नं २ को प्रदेशसभा क का वाम गठबन्धनका उम्मेदवार डा रामकुमार अधिकारीले वाम तालमेलका कारण आफू उम्मेदवार भएकाले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) पार्टी एकीकरण नभए आफूले चुनाव जितेर राजीनामा दिने बताएका छन् सदरमुकाम धादिङबेंसीमा माक्र्सवाद अध्ययन प्रतिष्ठानले आज आयोजना गरेको कम्युनिष्ट एकता र आसन्न निर्वाचनबारे आयोजना गरिएको विचारगोष्ठीमा डा अधिकारीले आफू एमाले र माओवादी केन्द्र दुवैको उम्मेदवार भएकाले कहीँ कतैबाट पार्टी एकता नभएमा आफूले जीतेमा प्रदेशसभा सदस्यबाटै राजीनामा दिएर स्वतन्त्र नागरिक भएर बस्ने प्रतिबद्धता गरे एमाले पोलिटब्यूरो सदस्य डा गंगालाल तुलाधरले समाजवादको बाटोमा पुग्न वाम गठबन्धनको अपरिहार्यता भएको बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले कम्युनिष्ट पार्टी एकताले जनतालाई सकारात्मक सन्देश दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?