२०७८,श्रावण,१७,आईतवार

पार्टी एकता नभए राजीनामा

२०७४,कार्तिक,१८,शनिवार १५:३६


 धादिङ १८ कात्तिक – क्षेत्र नं २ को प्रदेशसभा क का वाम गठबन्धनका उम्मेदवार डा रामकुमार अधिकारीले वाम तालमेलका कारण आफू उम्मेदवार भएकाले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) पार्टी एकीकरण नभए आफूले चुनाव जितेर राजीनामा दिने बताएका छन् सदरमुकाम धादिङबेंसीमा माक्र्सवाद अध्ययन प्रतिष्ठानले आज आयोजना गरेको कम्युनिष्ट एकता र आसन्न निर्वाचनबारे आयोजना गरिएको विचारगोष्ठीमा डा अधिकारीले आफू एमाले र माओवादी केन्द्र दुवैको उम्मेदवार भएकाले कहीँ कतैबाट पार्टी एकता नभएमा आफूले जीतेमा प्रदेशसभा सदस्यबाटै राजीनामा दिएर स्वतन्त्र नागरिक भएर बस्ने प्रतिबद्धता गरे एमाले पोलिटब्यूरो सदस्य डा गंगालाल तुलाधरले समाजवादको बाटोमा पुग्न वाम गठबन्धनको अपरिहार्यता भएको बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले कम्युनिष्ट पार्टी एकताले जनतालाई सकारात्मक सन्देश दिएको बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१८,शनिवार १५:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजनीतिक किसिमको अभिव्यक्ति विवादित बनेको छ । केही दिनअघि उपकुलपति सिंहले आफूले

काठमाडौं । अब सांसदहरुको तलब तथा भत्ता सरकारी बैंकबाटै भुक्तानी हुने भएको छ । हालसम्म निजी बैंकहरुबाट भुक्तानी दिइदैँ आएको

काठमाडौं । अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पठाएको चिठि बुझेको स्रोतले जनाएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१